जसु गुरुङको ङ्यो पुषे १५ गीतमा टिकटक प्रतियोगिता

पोखरा, २९ मंसिर
स्टार्स स्टुडियो प्रालि पोखराका सञ्चालक, बहुआयामिक व्यक्तित्व जसु गुरुङको ङ्यो पुषे १५ गीतमा गुरुङ जातिको महान पर्व तमु ल्होसार÷ल्होछारको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरिएको छ।

चर्चित संगीतकार तेजेन्द्र गुरुङको संगीत रहेको, चलचित्र निर्देशक, नायिका, कोरियाग्राफर, कविका साथै नवगायिका जसु गुरुङको आफ्नै शब्द र स्वरमा रहेको ङ्यो पुषे १५ गीतको टिकटक प्रतियोगिता विजेता र उपविजेतालाइ गुरुङ पोशाक एक एक थान र तेश्रो हुनेलाई भाङ्ग्रा अर्थात घलेक पुरस्कार प्रदान गरिने भएकोछ। पुरस्कारको प्रायोजन आदिवासी जनजातिका पोशाक, गरगहना, जन्मदेखि मृत्युसम्मका आवाश्यक कर्मगत सामग्री पाइने आँधीखोला फेन्सी स्टोर्सले गरेको छ।

प्रविधिलाई कला, सिर्जना र सँस्कृतिसँगै जोड्न सकिन्छ भन्ने ङ्यो पुषे १५ गीतको टिकटक प्रतियोगिताले गीतको प्रवर्धन, कलाको विकास र प्रदान गरिने पुरस्कारले गुरुङ पोशाकको महत्वलाई महान पर्व तमु ल्होसार÷ल्होछारसँग जोड्ने अपेक्षा आयोजकको रहेको छ।

पौष १५ गते विजेताको नजिता घोषणा गरिने प्रतियोगितामा एकल वा समुहगत सहभागीता हुन पाइने, भिडियो स्टार्स स्टुडियो नेपालको फेसबुक पेज मार्फत सार्वजनिक हुने, विजेता छनौट भिडियोको लाइक र भ्युजको आधारमा गरिने र भिडियो स्टार्स स्टुडियो इमेल, वाट्सअप वा भाइबरमा पठाउनुपर्ने लगायतका नियम राखिएको गायिका एवम स्टार्स स्टुडियोकी सञ्चालिका जसु गुरुङले जानकारी दिइन्। प्रतियोगितामा सहभागिताका लागि गुरुङले आग्रह समेत गरेकीछिन् ।

Total
0
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous Post

Home